मन्त्रिपरिषद् बैठक जारी

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मन्त्रिपरिषद् बैठक जारी छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकको एजेन्डाबारे खुलाइएको छैन। यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ।

यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेल भेट्न कानुनमन्त्री अजय चौरासियासहित शीतल निवास पनि पुगेका थिए।

 एकीकृत समाजवादी विभाजन हुँदैनःघनश्याम

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी विभाजन नहुने बताएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनलाई सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चापछि महासचिव भुसालले यस्तो बताएका हुन्।

महासचिव भुसालले नागरिकसँग भने, ‘अध्यादेश नै आए पनि सोचेजस्तो एकीकृत समाजवादी विभाजन हुँदैन।’उनले ओलीले ‘धोकाधडी’को राजनीति गर्ने गरेको आरोप पनि लगाएका छन्। ‘ओलीजी किन त्यसरी अगाडि बढ्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘त्यो उहाँ नै जान्नुहोला। तर, उहाँले गर्दै आएको र गर्ने पनि धोकाधडीको राजनीति हो।’

उनले अध्यादेश आइहाल्यो भने आफूहरूले त्यसको सामना गर्ने बताए।यसअघि प्रधानमन्त्री ओली कानुनमन्त्री अजय चौरासियासहित राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका थिए।अहिले मन्त्रिपरिषद्को बैठक जारी  छ ।

राष्ट्रपतिसँग प्रधानमन्त्रीले भने- संविधान संशोधनका लागि कार्यदल बन्दैछ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान संशोधनका लागि कार्यदल बन्ने बताएका छन्।शुक्रबार (आज) साँझ राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीलाई उद्धृत स्रोतले भन्यो, ‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु।’उनले दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्य संविधान संशोधनकै लागि भएको स्मरण गर्दै राष्ट्रपतिलाई यसो भनेको स्रोतको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *