हरिवंशको ‘भूठान’ वैशाख १२ मा आउने

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शन हुने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन  । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

सन् २०१९ मा पहिलो चलचित्र “बुलबुल” निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवम् नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो । निर्देशक पौडेलका अनुसार यो चलचित्र संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराई महसुस गर्नेमा आफु विश्वस्त रहेको बताए  ।

निर्माता मध्यका एक अविरल थापा भन्छन यस चलचित्रमा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अद्भूत अभिनय देख्न पाइनेछ । हरिवंश आचार्यको जीवनकै कालजयी सिनेमा हुनेमा आफु ढुक्क रहको थापाको भनाइ छ ।

नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनसार  विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई एकै मितिमा प्रदर्शन गर्नको लागि पनि काम भइरहेको छ ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम, आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोज समेटेर बनेको यस चलचित्र भूठान (द वल्र्डस् ह्याप्पिएस्ट म्यान्) को सम्पूर्ण छायाँकन अमेरिकामै केही महिना अघि सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *