साफ च्याम्पिनसिपको मिति तय

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

दक्षिण एसियाली फुटबलको ठुलो प्रतियोगिता साफ च्याम्पियनसिपको मिति सार्वजनिक भएको छ ।दक्षिण एसियाली फु्टबल महासङ्घ (साफ) ले १५औँ संस्करणको साफ च्याम्पियनसिप आगामी जुन १५ देखि जुलाई २५ तारिखसम्म सञ्चालन गर्ने साफ कार्यकारी समितिको बैठकले निर्णय गरेको हो ।

बैठकले साफको यस संस्करण होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय पनि गरेको छ । च्याम्पियनसिप आयोजना स्थल भने तय भएको छैन ।

बैठकले यसै वर्षदेखि साफ महिला तथा अर्को वर्षदेखि पुरुष क्लब प्रतियोगिता पनि आयोजना गर्ने, सन् २०२६ देखि साफ यु–२३ फुटबल च्याम्पियनसिप आयोजना गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *