बार्सिलोना सुपर कपको फाइनलमा

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।साउदी अरेबियामा बुधबार राति भएएको खेलमा बार्सिलोनाले एट्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गाेल गरेका थिए ।

१७औँ मिनेटमा गाभीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि यामलले ५२औँ मिनेटमा गोल गर्दै सहज जित दिलाए  । उपाधिका लागि बार्सिलोनाले रियल म्याड्रिड र मालोर्काबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *