मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आउँदो माघ ७ गतेसम्म बन्द हुने भएको छ ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिकै भीर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए  ।

पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा माघ ७ गतेसम्म सडकमा यातायात सञ्चालन बन्द गर्न लागेको हो ।

यस्तै मकवानपुर–काठमाण्डौ जोड्ने कुलेखानी–फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।उनका अनुसार हेटौँडाबाट काठमाण्डौ आउने गाडी सिस्नेरीतर्फबाट र काठमाण्डौबाट हेटौँडा जाने गाडी फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडक खण्डमा स्तरोन्नति भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *