भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी)को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
अहिले चीनमा एचएमपीभी भाइरसको सङ्क्रमण फैलिएको छ । कोरोना भाइरसको जस्तै लक्षण रहेको यो सङ्क्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।
सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरहरूको भनाइ छ ।