विश्व क्रिकेटबाट बिदा भए दश दिग्गज

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सन् २०२४ क्रिकेट फ्यानका लागि निकै यादगार रहृयो । गत वर्ष विश्व क्रिकेटका केही दिग्गज खेलाडी बिदा भए । वर्षको अन्त्यमा भारतीय क्रिकेट टोलीका दिग्गज आर अश्विनले टेष्ट क्रिकेटलाई अलबिदा भने  ।

अश्विनबाहेक भारतका शिखर धवन र दिनेश कार्तिकले क्रिकेटलाई अलबिदा गरे  । केदार जाधव, ऋद्धिमान साहा, वरुण आरोन, सिद्धार्थ कौल, सौरभ तिवारी फेरि मैदानमा ब्याट र बलको साथ देखिने छैनन् । टेष्ट क्रिकेटमा सात सय विकेट लिएर इतिहास रच्ने जेम्स एन्डरसनको बलले पनि नयाँ वर्षमा ब्याट्सम्यानलाई समस्यामा पार्ने छैन । नील वाग्नरको छोटो पिच बलले पनि नयाँ वर्षमा ब्याट्सम्यानलाई डराउने छैन । डेभिड वार्नरको तुफानी शैली र मोइन अलीको लामो छक्का पनि अब मैदानमा देखिने छैन ।

भारतका लागि १०६ टेष्टमा ब्याट र बलबाट अचम्मको प्रदर्शन गर्ने अश्विनले बोर्डर-गावस्कर सिरिजको तेस्रो टेष्टपछि अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गरेका हुन । करिब १५ वर्षको आफ्नो करियरमा अश्विनले क्रिकेटका सबै फम्र्याटमा टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाए । लामो अवधिमा अश्विनले सबै फम्र्याटमा ७६५ विकेट लिए  । टेष्टमा कुल १०६ खेलमा ५३७ विकेट, ११६ एकदिवसीय खेलमा १५६ विकेट र ६५ टी-२० खेलमा ७२ विकेट लिए  । टेष्ट क्रिकेटमा २६ को औसतमा ३,५०३ रन, एकदिवसीयमा १६ को औसतमा ७०७ रन र टी-२० खेलमा २६ को औसतमा १८४ रन पनि बनाए  ।

शिखर धवनले जुलाई २०२४ मा सबै फम्र्याटबाट सन्न्यासको घोषणा गरे । धवनले सन् २०१० मा नै डेब्यु गरेका थिए  । धवनको अदभुत ब्याटिङकै कारण टीम इण्डिया सन् २०१३ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफी जित्न सफल भएको थियो । धवनले भारतका लागि १६७ एकदिवसीय, ३४ टेष्ट र ६८ टी-२० खेल खेलेर १० हजारभन्दा बढी रन बनाए  ।

दिनेश कार्तिकलाई सम्भवतः अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रतिभा अनुसार प्रदर्शन गर्न नसक्ने क्रिकेटरको रूपमा सम्झिनेछ । उनले धेरैपटक टोलीमा आउने र बाहिर जाने गरे  । कार्तिकले २६ टेष्टमात्र खेले  । कार्तिकले ९४ ओडीआई र ६० टी-२० खेल्ने मौका पाए । कहिले विकेटकिपर, कहिले ओपनर, कहिले मिडल अर्डर ब्याट्सम्यान र कहिले फिनिशरको रूपमा उनि  देखिए  । ब्याटभन्दा बलिङ एक्सनले आफ्नो छाप बढी बनाएका केदार जाधवले पनि यो वर्ष क्रिकेटलाई अलबिदा भने । ऋद्धिमान साहा भारतीय क्रिकेटको इतिहासमा उत्कृष्ट विकेटकिपर हुन । उनले टेष्ट क्रिकेटमा ४० खेलमा २९ को औसतमा एक हजार ३५३ रन बनाए  ।

डेभिड वार्नर कुनै पनि प्रथम श्रेणी क्रिकेटको अनुभव बिनै टेष्ट क्रिकेटमा डेब्यु गरेका  थिए  ।  तर, एकदिवसीय र टी-२० मा पनि लगभग १५ वर्ष सफलता हासिल गरे  । वार्नरले अष्ट्रेलियालाई २०२१ मा टी-२० विश्वकप र २०२३ मा एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेले । उनले कुल ११२ टेष्टमा ४५ को औसतमा आठ हजार ७८६ रन, १६१ ओडीआईमा ४५ को औसतमा ६ हजार ९३२ रन र कूल ११० टी-२० खेलमा ३३ को औसतमा तीन हजार २७७ रन बनाए ।

फाष्ट बलर जेम्स एन्डरसनले टेष्ट क्रिकेटमा ७०० विकेट लिने विश्वकै पहिलो हो । एन्डरसनअघि दुई स्पिनर मुथैया मुरलीधरन र शेन वार्नले मात्र यो उपलब्धि हासिल गर्न सकेका थिए । कुल १८८ टेष्टमा उनले ७०४ विकेट, १९४ एकदिवसीयमा २६९ विकेट लिए र १९ टी-२० खेलमा १८ विकेट लिए  ।

मोइन अलीको स्पिन अद्भूत थियो, उनले ब्याट र फिल्डिङबाट कहिल्यै निराश बनाएनन् । अलीसँग जहिले पनि टोलीको आवश्यकता अनुसार आफूलाई अनुकूलन गर्ने क्षमता थियो । उनले आफ्नो करियरमा कुल ६८ टेष्ट खेलमा २८ को औसतमा ३०९४ रन बनाए  । १३८ ओडीआई खेलमा २४ को औसतमा २३५५ रन र ९२ टी-२० खेलमा २१ को औसतमा १२२९ रन बनाए  । उनले टेष्टमा कुल २०४ विकेट, एकदिवसीयमा १११ र टी-२० मा ५१ विकेट लिए  । टेष्ट, एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने विश्वका थोरै खेलाडीमा डेभिड मलानको नाम समावेश छ । टेष्ट करियरमा कुल २२ खेलमा १०७४ रन, ३० एकदिवसीयमा ५६ को औसतमा १४५० रन बनाए  ।

६२ टी-२० खेलमा उनले १८९२ रन बनाए  । न्युजिल्याण्डका निल वाग्नर अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा वैकल्पिक फिल्डरको रूपमा मैदानमा उत्रिएका थिए  । वाग्नर २५० भन्दा बढी टेष्ट विकेट लिने न्युजिल्याण्डका पाँच बलरमध्ये एक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *