जाडोमा जाइफलको सेवन गर्नाले रक्तसञ्चार राम्रो हुन्छ । साथमा रक्तसञ्चार तथा कोलेस्ट्रोल पनि नियन्त्रित रहन्छ । यसले मुटुसम्बन्धी समस्याहरुको खतरा कम हुन्छ । यसलाई दलिया तथा खिचडीहरुमा मिसाएर पनि खान सकिन्छ ।जाइफलमा हुने पोषक तत्व तथा एन्टीइन्फ्लामेटरी गुणले सुन्निएको कम गर्छ र जोर्नी तथा मांसपेशीहरुको दुखाई पनि कम हुन्छ । यसका लागि तपाईं जाइफलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको तेलले दुखेको ठाउँमा मालिस गर्दा दुखाईबाट राहत पाइन्छ ।
जाडोमा जाइफलको सेवन गरेर रुघाखोकी तथा टाउको दुख्ने समस्याबाट पनि राहत पाउन सकिन्छ । चिसोले भएको रुघाखोकी र टाउको दुखाईमा जाइफलले औषधी जसरी काम गर्छ ।जाइफलमा हुने पोषक तत्वहरुले दिमागलाई पनि तेजिलो तथा स्मरण शक्ति बढाउने काम गर्छ । यसबाहेक जाइफलले तनाव कम गर्न पनि एकदमै राम्रो काम गर्छ ।
जाइफलको सेवनले शरीरको तापक्रम नियन्त्रणमा मद्दच गर्छ । जाडोमा शरीरको तापक्रम घट्ने भएकाले हामीलाई तातो, उष्ण खाना र पेयको आवश्यकता पर्छ । जाइफलमा तापमान बढाउने गुण हुन्छ, जसले शरीरलाई तातो राख्न मद्दत पुर्याउँछ । यसको तातो प्रभावले शरीरमा उर्जा सन्चार गर्न मद्दत गर्दछ र जाडो मौसममा थकान कम गर्नमा पनि योगदान पुर्याउँछ ।