वामदेव गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ले नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।अभियानका महासचिव डीबी कार्कीका अनुसार कार्कीकै नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको हो ।
‘अभियानका तर्फबाट वार्ता कमिटी बन्यो भन्ने सुनिएको हो । औपचारिक रूपमा बनेको हो भने हामी तयार नै छौ’, बास्कोटाले भने, ‘उहाँहरूले केन्द्रीय कमिटी बैठक पनि राखेर औपचारिक रूपमा निर्णय गर्छौ भन्नुभएको छ, त्यो निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्छ ।’यसअघि एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउन संवाद अघि बढाउने निर्णय गरेको थियो । निर्णयपछि माधव कुमार नेपाललगायतका नेताहरू गौतम निवास पुगेर छलफल गरेका थिए ।