सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी दुर्घटना : दम्पतीसहित तीनजना सामान्य घाइते

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् ।राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बरको मोटर गएराती भारतको पलिया बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ ।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन् । धनगढीस्थित निसर्ग अस्पतालमा  घाइतेहरू को उपचार भैरहेकाे छ । राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको बताइएकाे छ ।राज्यमन्त्री चढेको गाडी भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *