सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कडा नियमन गर्ने तयारीमा सरकार

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि
 सरकार अनलाइन मिडिया र सामाजिक सञ्जाललाई कडा नियमन गर्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘अनलाइन मिडिया र सामाजिक सञ्जालले असहयोग गरेपछि’ आफुहरू कडा नियमनको तयारीमा जुटेको बताए ।

शनिबार काठमाडाैमा एक समाराेहमा बाेल्दै  मन्त्री गुरुङले अहिलेको अवस्थामा अनलाइन मिडिया र सामाजिक सञ्जाल नियमन गर्न जरुरी देखिएको बताए ।

“हामीलाई प्रिन्ट मिडिया र टेलिभिजनले सहयोग गरेकै छन्,” उनले भने, “अनलाइन मिडिया र सोसल मिडियाले सहयोग गरेनन् । लोकतान्त्रिक व्यवस्थालाई नरुचाउने र यसको विरुद्धमा लागेका छन् । यी गतिविधिलाई सरकारले कडा नियमन गर्छ ।”

उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमन ऐन ड्राफ्ट भइसकेको र संसद् खुल्न बित्तिकै पेस गर्ने मन्त्री गुरुङले बताए । आफूले यस ऐनलाई अध्यादेशबाट भए पनि ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *