सुनको मूल्य बढ्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

काठमाडौं, मङ्सिर २४ गते । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपियाँमा रहेको थियो । यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *