जापानले दुई नेपालीलाई निष्काशित गर्‍यो

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको छ। निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका  छन्। उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै  आएका थिए।

त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी  थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आएका हुन्। टोकियोमा कार्यरत एक नेपालीका अनुसार गैरकानुनीरुपमा लुकिछिपी बसेका विदेशीहरू माथि त्यहाँको अध्यागमनले अहिले धरपकड सुरू गरेको छ।

उनका अनुसार गैरकानुनीरुपमा काम गरिरहेका नेपालीहरू समेत जापानको अध्यागमनको खोजी सूचीमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *