दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ  ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रसाईंलाई केएमसी अस्पतालमा सारियो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सिनामंगलस्थित केएमसी अस्पतालमा सारिएको छ । सर्वोच्च अदालतको आदेशले उनलाई हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सिफारिसमा उनलाई केएमसीमा सारिएको साइबर ब्यूरोले जनाएकाे छ ।

साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । मंसिर ४ मा पक्राउ परेका प्रसाईंमाथि सीआईबीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।
स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीले बताएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको एउटा टेलिकम कम्पनीमा लगानी गरेको दाबी गर्दै कागजात सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
उनलाई थप ३ दिन हिरासतमा राख्न आइतबार काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *