पत्रकार महासङ्घमा उम्मेदवारी दर्ता

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ, मङ्सिर २२ गते । आगामी मङ्सिर २८ गते तय भएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत शुक्रबार (मनोनयन) उम्मेदवारी दर्ता सम्पन्न भएको छ । अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी र अन्य पदमा समेत उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए  ।

शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तालिकामा महासङ्घको सभापतिका लागि निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा, कमलराज गिरी र एलसए लामाले उम्मेदवारी दर्ता गराएका छन ।

यसै गरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, रोशन पुरी, दमोदरप्रसाद दवाडी, गोविन्द चौलागाईंले उम्मेदवारी दिएका छन  । त्यस्तै महिला उपाध्यक्षमा नितु पण्डित, गङ्गा बराल, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह, सुभाषप्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन । महासचिवमा रामप्रसाद दाहाल, प्रकाश थापा, जन्मदेव जैसी, लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन  ।

यस्तै सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, केदारनाथ भट्टराई, छविलाल दाहाल, बालकृष्ण अधिकारी, माधव दुलाल, वैकुण्ठ पराजुली, अशोक तिवारी, कुमार ओझा, उत्तर विष्ट र सविन प्रियासन, प्रवीणकुमार चौधरी, सन्तोष बराइली, योगेश खपाङ्गी, टीकाराम प्रधान, फणिन्द्र फुयाँल, कल्पना शर्मा, सरिता बराइली टीकाराम प्रधान र सरिता बराइलीले उम्मेदवारी दर्ता गराएका छन  ।

यसै गरी कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, रामकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराउदा   लेखा आयोग संयोजकमा केसी लामिछाने ले उम्मेदवारी दिएका छन ।  महासङ्घको केन्द्रीय समिति ५१ सदस्यीय रहेको छ । महासङ्घको नयाँ कार्यसमितिका लागि १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *