चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल रु.१,२०,८५०।- घुस रकमसहित नियन्त्रणमा

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस/रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखा अधिकृत ढुण्डी राज दाहाललाई घुस/रिसवत वापतको रकम रु.१,२०,८५०।– (एक लाख बीस हजार आठ सय पचास रुपैयाँ), मोबाइल डिभाइस थान-१(एक) र अन्य सम्बन्धित कागजातहरु सहित निजकै कार्यक्षबाट आज मिति २०८२।०६।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।प्रवक्ता राजेन्द्र कुमार पौडेलले बिज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *