आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अहिले शनिबार बिहान हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज  दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज  राति  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा राति हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *