एनपीएलः लुम्बिनीविरूद्ध पोखरा १० विकेटले विजयी, एन्ड्रयू हउसको सतक

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्चर्सले पहिलो जित दर्ता गरेको छ । लिगको आफ्नो तेस्रो खेलमा पोखराले शुक्रबार लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरमा पराजित गर्यो । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा बिना क्षति भेट्टायो । उसको जितमा एन्ड्रयू हउसले उल्लेख्य पारी खेले । ओपनर एन्ड्रयूले एनपीएलकै पहिलो सतक बनाए । उनले ५४ बलमा आफ्नो सतक पूरा गरेका हुन् । उनले ५ छक्का र १२ चौका प्रहार गरे । उनी १०४ रनमा नटआउट रहे ।

दिनेश खरेलले ६१ रन जोडे । ४६ बलको सामना गरेका उनले चार चौका र चार छक्का प्रहार गरे ।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो । उसका लागि क्याप्टेन रोहित पौडेलले कप्तानी पारी खेले ।

ओपनरद्वय आषुतोश घुरैया र उन्मुक्त चन्द शुन्य रनमा आउट भएपछि धरमराएको लुम्बिनीको इनिङ्स रोहितले सम्हालेका हुन् । ५९ बलको सामना गर्दै ४ छक्का र १० चौका प्रहार गरेका रोहितले ९५ रन बनाए ।

लुम्बिनीको ४६ रनमा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहितले टम मुर्ससँग चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । मुर्स ४५ रनमा आउट भए । सन्दीप जोराले १८ रन बनाए ।  विपिन खत्रीले २ र म्याट क्रिच्लीले एक विकेट झारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *