२५ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २४.९७ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २७५०.८७ को विन्दुमा पुगेको हो ।

यसदिन कारोबारमा रहेका १३ मध्ये हाइड्रो, माइक्रोफाइनान्स र उत्पादन क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको छ । १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको स्थिर छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ९ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँमा दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा खानीखोला हाइड्रोको सेयरमूल्य ९.९९ र जोशी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको सेयर मूल्य दश प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *