चीन र नेपालवीच लामो समयदेखि रोकिएर रहेकोे बेल्ट एण्ड रोड सहायता परियोजनाको कार्यान्वयन सम्झौतामा दुई देशका परराष्ट्र सचिवहरुले हस्ताक्षर गरेका छ्न् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई)बाट नेपालले लाभ लिने बताएका थिए । बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको उल्लेख गरेलगत्तै सम्झौताका कतिपय अस्पष्ट बुँदामा सहमति जुटेर सम्झौतामा हस्ताक्षर हुन सकेको हो ।
राष्ट्रपति सि चिनफिङको दूरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास प्रधानमन्त्री ओलीले लिए । उनले आगामी वर्ष सन् २०२५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा उच्चस्तरीय भ्रमण आदानप्रदान हुने भएकाले त्यसबाट पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिनसक्ने उल्लेख गरेका थिए ।