सोनु निगम लाइभ कन्सर्ट पुस १० गते हुने

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमलाई नेपालमा कन्सर्ट गराउने भएको छ । दिपल कन्सर्टमा मुख्य प्रायोजक हुने भएको हो । कन्सर्ट क्रिसमस २५ डिसेम्बर (पुस १० गते) का दिन  हुनेछ ।

कन्सर्ट नेपाली टच इभेन्ट्सले हायात ग्राउन्डमा आयोजना गर्न लागेको हो । कार्यक्रमका लागि एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयूमा हस्ताक्षर गरेका छन ।

कार्यक्रममा प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *