सर्वोच्च अदालतकाे आदेश पछि भ्रष्टाचारी ठहर राणााले पेन्सन पाउने

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणाले निवृत्तिभरण रोकिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्धय कुमार चुडाल र अब्दुल अजिज मुसलमानको इजलासले पेन्सन रोक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।  राणाले  आफ्नो पेन्सन रोकिएपछि २०८१ साउन १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनको रिटमा  सोमबार दोहोरो सुनुवाइपछि सर्वोच्चले मुद्दाको फैसला नभएसम्म पेन्सन नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।  राणाकै पालामा सुडानको बन्दोबस्तीको सामान किन्ने सम्झौता भएको थियो। उक्त सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले राणासहित अन्य संलग्नहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।  विशेष अदालतले २०६८ चैत १ गते भ्रष्टाचार भएको ठहर गर्दै राणासहित केही अधिकृतलाई दोषी ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *