नेप्से ५१ अंकले घट्यो, १० अर्ब ४६ करोडको कारोबार

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५१.११ अंकले घटेको छ । नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ को विन्दुमा पुगेको हो ।

मंगलबार दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ६८ लाख रुपैयाँमा किनबेच भएको छ ।यसदिन २२४ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्य बढ्दा एकको सेयर मूल्य स्थिर छ ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ८.९३ प्रतिशतले घटेको छ ।कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको सूचक ३.१७ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *