आगलागीबाट पाँच बिघाको पराल जल्यो, लैनो भैँसी घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

लालबन्दी नगरपालिका–७, डाँडाटोलमा आज  एक भैँसी फार्ममा आगलागी हुँदा पाँच बिघाको पराल जलेर नष्ट भएको छ । डाँडाटोलका लेखराम जर्गा मगर (अर्जुन) ले सञ्चालन गरेको भैँसी फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट करिव पाँच बिघाको पराल जलेर नष्ट भएको पीडितले बताएका छन् ।

भैँसीका खुवाउनका लागि किनेर राखिएको २१÷२२ बिघाको ४ वटा परालको टालमध्ये एउटा टालको पराल जलेर नष्ट भएको हो । अन्य तीनवटा परालको टालमा भने आगोले भेट्न पाएन ।

आगलागी हरिवन र मलङ्गवा नगरपालिकाबाट आएका दुुईवटा दमकल, जेसीबी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीय वासिन्दा भएर नियन्त्रणमा लिएको लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताए  । पराल भित्रभित्रै आगो सल्किएकाले नियन्त्रणमा लिन करिव चार घण्टा लाग्यो ।

आज  दिउँसो साँढे १ बजेपछि सुरु भएको आगलागी साँझ साँढे ५ बजेतिर मात्रै पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीय प्रकाश पोखरेलले बताए  । आगलागीमा परेर एउटा लैनो भैँसी समेत जलेर घाइते भएको छ ।

घाइते भैँसीलाई फार्ममै नगरपालिकाका पशु चिकित्सक बोलाएर उपचार गरिएको वडाध्यक्ष कार्कीले बताए  । उनले  प्रारम्भिक विवरण अनुसार आगलागीबाट करिव दुुई लाख रुपियाँ बराबरको क्षति भएको जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *