आम जनता पार्टीले जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण जस्ता सार्वजनिक महत्वका मुद्दामा सरकार उदासिन र निस्प्रभावी रहेको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले पार्टीको झण्डा सहित कार्यकर्ताहरू शान्ति वाटिकादेखि प्रदर्शन सुरू गरेर पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएकाे थियाे ।