१५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक विजेता खेलाडी टोली बुधबार राती स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल बडी बिल्डिङ सङ्घले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेकोथियाे । त्यसपछि खेलाडीलाई नगर परिक्रमासहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा लगेर स्वागत र सम्मान गरियाे ।
माल्दिभ्सको मालेमा भएको च्याम्पियनसिपमा नेपालका रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक जित्नुभएको थियो ।च्याम्पियनसिपमा पदक विजेतासहित नेपालका ललित धिमाल र रजित आचार्यले पनि प्रतिस्पर्धा गरेका थिए ।