महागुथि बहुउद्देश्यीय सहकारी सस्था लि. नरदेवी काठमाडौंको साधारणा सभा सम्पन्न भएकाे छ । संस्था का .अध्यक्ष
मचाराजा महर्जनकाे अध्यक्षतामा सभा सम्पन्न भएकाे थियाे ।
शनिबार सम्पन्न २५ औं बार्सिक साधारण सभाले सस्थाको आव २०८०/०८१ को बाषिक प्रतिबेदन पारित गरेको छ भने चालू आव को आर्थिक प्रतिबेदन तथा आगामी आवको लागि लेखापरीक्षक नियुक्ति समेत का साथै लेखापरीक्षकको पारिश्रमिक तोक्ने, निर्वाचन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ।
चालू आवमा सस्थाको शेयर पूजी २ करोड ८९ लाख १७ हजार ६०० रुपैयाँको भएको र निक्षेप ३४ करोड ८८ लाख ८९ हजार ३२ रुपैयाँ ४२ पैसाको हुँदा ऋण प्रवाह २३ करोड ३१ लाख ८१ हजार १०७ रुपैयाँ ३८ पैसाको भएको जानकारी सभामा दिइयाे।
१ करोड ७ लाख ८० हजार ६५५ रुपैयाँ २८ पैसाको कुल नाफा गर्दै अन्य विविध गरि चालू आवमा सस्थाले ४४ करोड ९६ लाख ४३ हजार १४४ रुपैयाँ १५ पैसाको कुल कारोबार गर्न सफल भएको बताइएकाे छ ।
।सभामा ज्येष्ठ सदस्य नागरिकहरुलाइ सम्मान गरिएको थियो भने बागमती प्रदेश कृषि मन्त्री प्रकाश श्रेष्ठ, समाजसेवी पवित्र बज्राचार्य, सहकारी अभियन्ता, सस्थामा आवद्ध कारोबारी लगायतको उपस्थिति रहेको थियो।
साधारण सभाले मचाराजा महर्जनलाइ सस्थाको अध्यक्षमा चयन गर्दै अन्य पदाधिकारीहरु समेत चयन गरेको छ। विविध कार्यक्रम गर्दै साधारण सभा सम्पन्न भएको छ।