१०० दिन भ्रष्टाचारी बचाउनमै केन्द्रित भाे के पी सरकार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको बताएका  छन् ।आज पार्टीनिकट  बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरू सँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै  जे आशंका गरेका थियौँ, सय दिनको बिचमा त्यसलाई नै पुष्टि गर्ने काम भएको छ’,  उनले  भने, ‘विपक्षी दलहरूले मात्रै […]

Continue Reading

छवि र रविलाई पाँच जिल्ला पुर्‍याएर बयान लिने  

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार रुपन्देही लगिएको छ ।  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन जोशीलाई रुपन्देही लगिएको हो । उनी असोज ६ गते पक्राउ परेका थिए । जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत […]

Continue Reading

आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको  जानकारी दिएको छ। अहिले बिहान कोशीलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, […]

Continue Reading

प्रदर्शनीको तयारीमा ‘मिसिङ : केटी हराएको सूचना’

 चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । प्रवर्धन सामग्रीमा नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव देखाइएको छ । नाजिर र सृष्टिको सम्बन्ध अघि बढ्ने क्रममा प्रेममा थप सङ्घर्षलाई प्रस्तुत गरिएको छ । सो चलचित्र कात्तिकको अन्तिम हप्ताबाट प्रदर्शनमा लैजाने तयारी निर्माण पक्षको छ । चलचित्रको निर्देशक दीपेन्द्र गौचनले […]

Continue Reading

दिल्लीमा अत्यन्तै खराब वायु प्रदूषण

भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु प्रदूषण ‘अत्यन्तै खराब’ मापन भएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ ।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार सकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड भएको छ । त्यस्तै आनन्द विहार क्षेत्रमा प्रदूषणस्तर ३ सय भन्दामाथि पुगेको छ । […]

Continue Reading

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ५० लाख रुपैयाँ युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूका लागि सहयोग रकम उपलब्ध गराउको हो । युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी […]

Continue Reading

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Continue Reading

प्रतिद्वन्द्वीलाई खोजीखोजी ‘हान्ने’ खेलमा सरकार : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन् ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा उनले त्यस्तो भनेका हुन् । बैठकले कात्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको […]

Continue Reading

रास्वपाको आन्दोलन राजनैतीक नभै लामिछाने क्लबका सदस्यहरूको अराजक भिड हाे

काठामाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टी सिद्धान्तको अस्तित्व  बचाएर बसेको दाबी गरेका छन् । उनले  फेसबुकमा स्टाटस लेख्दै कास्कीमा भएको आन्दोलन रास्वपाको नभएर रवि लामिछाने क्लबको भएकाले मिडियाले पनि त्यहीअनुसार बुझ्न आग्रह गरेका छन् ।  उनले  ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।’ ढकालले […]

Continue Reading