रारा राष्ट्रिय निकुन्जमा क्यामेरा ट्य्राप

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रारा राष्ट्रिय निकुन्जमा वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ । निकुन्जभित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो ।

र्‍यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाई एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक/एक क्यामेरा राखी जाडो र गर्मी मौसममा अनुसन्धान गरिने बताइएको छ । प्रत्येक क्यामेरा ट्य्राप २१ दिनसम्म राखिनेछ ।

त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापामगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाई र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय छन् । सो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक हरिप्रसाद शर्माले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *