दिल्ली उड्न लागेको जहाजमा बम भन्ने समाचार भ्रामक

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना भ्रामक रहेको खुलेको छ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले एयर इन्डियाको २१५ नम्बरको जहाजमा बम राखिएको भ्रामक सूचना रहेको बताए।‘अहिले स्थिति सामान्य नै छ, सर्च गर्दा केही भेटिएन। अहिले जहाजमा यात्रुहरू चढाउन थालिएको छ। उडान हुँदा साँझ ६ बज्छ होला,’ उनले भने।

सोमबार उक्त जहाज काठमाडौंमा अवतरण भएपछि भारतबाट जहाजमा बम राखिएको सूचना आएको थियो।दिल्ली उडान गर्न यात्रुहरू चढाइसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको थियो। त्‍यतिञ्जेल १६९ मध्ये ४० जना यात्रु चढिसकेका थिए।

तर उक्त सूचना आएसँगै सबैलाई ओरालेर नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमको खोजी गर्न थालेको थियो। तर केही नभेटिएपछि पुन: उडान गर्न लागेको हो। जहाज आज अपराह्न ३:५० बजे दिल्ली उड्ने तयारी थियो।पछिल्लो समय भारतका विभिन्न जहाजमा बमको गलत सूचना फैलाएर उडान तालिका नै प्रभावित बनाइरहेको छ। यस्ता दर्जनौं घटनाहरू भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यसैबीच नेपाल उडेको भिस्तारामा पनि यो घटना देखिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *