मंसिर ७ : मन्दाकिनी हाइड्रोकाे साधारणसभा हुदै

अर्थ शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मंसिर ७ गते मन्दाकिनी हाइड्रोपावर लिमिटेडले काठमाडाैमा लाभांश र हकप्रद प्रस्ताव पारित गर्न ११औं वार्षिक साधारणसभा बोलाएको छ । साे सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने बताइएकाे छ  ।

साथै साे सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ ।

त्यसैगरी कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने पनि कम्पनी ले जनाइकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *