अबदेखी नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरू जस्तैः जग्गाको नक्सा, फिल्डबुक र […]

Continue Reading

मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार सबैभन्दा लामो समय सेवा गर्ने ‘निर्वाचित प्रधानमन्त्री’ बनेका छन् । यस ऐतिहासिक उपलब्धिका अवसरमा केन्द्रीय मन्त्रिमण्डल (क्याबिनेट) ले उनको सम्मानमा एक विशेष प्रस्ताव पारित गरेको छ । मन्त्रिमण्डल बैठकमा उपस्थित सम्पूर्ण मन्त्रीहरूले प्रधानमन्त्री मोदीको यो उपलब्धिलाई सराहना गर्दै सम्मानस्वरूप उभिएर ताली बजाएर (स्ट्यान्डिङ ओभेशन) बधाई ज्ञापन गरेका छन् । जवाहरलाल नेहरूको […]

Continue Reading

सुनचाँदी व्यवसायी आफ्नै पसलमा चोरी गर्न थालेपछि …

बुटवल ५ अमरपथमा जेठ १७ गते राति भएको तिनाउ सुनचादी पसल चोरीको घटनामा सञ्चालक आफैको संलग्नता रहेको  खुलासा भएको छ । तिनाउ सुनचाँदी पसलबाट ठूलो परिणाममा सुनचाँदी चोरी भएको भन्दै प्रहरीलाई पसल सञ्चालकले नै खबर गरेका थिए ।पसलका सञ्चालक दीपक विक र कर्मचारी नवीन विक आफैंले पसल खोली गरगहना र सुनचाँदी चोरी गरेको  ‘ड्रामा’ प्रहरीको […]

Continue Reading

फैलिद्वाे बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट

नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी निकायले बर्डफ्लु नियन्त्रणमा अधिकतम् प्रयास गरिरहेको उल्लेख गरे पनि ठुला फार्ममा बर्डफ्लुको सङ्क्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा सङ्क्रमण १० जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा […]

Continue Reading

सगरमाथामा बुबा-छोराको ऐतिहासिक कीर्तिमान, एकै सिजनमा दुई पटक संयुक्त आरोहण

संखुवासभाको मकालुका नेपाली शेर्पा गाइड बुबा–छोराले यस पटकको सगरमाथामा आरोहण सिजनमा विश्व कीर्तिमान कायम गरेका छन् । मकालुको नोर्बुगाउँका ४२ वर्षीय छाङ्वा शेर्पा र उनका २० वर्षीय छोरा लाक्पा टासी शेर्पाले वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दुई पटक सफल आरोहण गर्दै इतिहास रचेका हुन् । ‘हामी बाउछोराले ६ दिनमा २ पटक (जेठ ३ र ९ गते गरी) सगरमाथा आरोहण […]

Continue Reading

इरानले आक्रमण गरेपछि बहराइन, कुवेत र जोर्डनले दिए यस्तो प्रतिक्रिया

केहि इरानी मिडिया आउटलेटहरुले इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरिएको समाचार प्रशारण गरेका छन् । यसैबीच सम्बन्धित देशहरूको प्रतिक्रिया पनि सार्वजनिक भएका छन् । कुवेतको सेनाका जनरल स्टाफले आफ्नो देशको हवाई रक्षा प्रणालीले ‘हवाई आक्रमणहरू’ रोकेको जनाएका छन् । एक्स (ट्वीटर) मा गरिएको पोस्टमा कुवेती सेनाले नागरिकहरूलाई ‘सुरक्षासम्बन्धी निर्देशनहरू पालना […]

Continue Reading

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् । मन्त्रालयका सचिवका […]

Continue Reading

रास्वपामा विवाद : बागमती प्रदेश अधिवेशन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ।  मतपत्र र मतदाता नामावली र उम्मेदवारको विषयलाई विवाद देखिएपछि बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका लागि  नुवाकोटका सांसद अच्युतम लामिछाने, काभ्रेका सांसद् बदन भण्डारी, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्रीले उम्मेदवारी दिएका […]

Continue Reading

सुन्दरहरैँचामा महिलाहरुको सक्रियताले जोगिँदै नौमती बाजा

नेपाली मौलिक कला, संस्कृति तथा परम्परागत बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा–१० स्थित न्यु बागेश्वरी नौमती बाजा समूहले पर्यटकीय स्थल बाघझोडामा नौमती बाजाको विशेष प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीयवासी, संस्कृति प्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा आन्तरिक पर्यटकहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण बाघझोडा क्षेत्रमा आयोजित उक्त […]

Continue Reading

४१ प्रतिशतले वृद्धि रेमिट्यान्स

चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव तीन प्रतिशतले बढेको थियो । […]

Continue Reading