एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल आज मलेसियासँग सेमिफाइनल खेल्दै

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार स्वास्थ्य

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान पौने ८ बजे सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।

समूह ए विजेता बनेको नेपालले सिंगापुर, जापान, इन्डोनेसिया र अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । मलेसिया भने समूह बी को उपविजेता हो, जसले माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।

आजै अर्को सेमिफाइनलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *