देशभर मनसुनी प्रभाव सक्रिय, भारी वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा देशका अधिकांश भागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्का देखि भारी वर्षा भइरहेको छ।

दिउँसो र राति पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम वर्षासँगै हिमपातको सम्भावना छ। साथै, केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *