राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचनका साथै समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ । रूपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्त्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
