संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिले संयोजक नवराज सुवेदीले उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।
आइतबारको प्रदर्शनका क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
