नयाँ कोरोना भाइरस कति खतरनाक छ ?

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो ।

भारत लगायतका देशमा तीव्र गतिमा फैलिएको भाइरस हालसम्म नेपालमा भने पुष्टि नभए पनि कोरोनाले पुनः भयावहको अवस्था त आउने होइन भनेर धेरैमा मनमा त्रास छ । भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्‍याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएकोले धेरैले त्रासित भएका छन् ।  यो भाइरस नेपालमा हालसम्म पुष्टि नभए पनि ढिलो चाडो नेपालमा पनि देखिने विज्ञको भनाइ छ ।

नयाँ कोरोना कति खतनाक छ ?

हाल भारतमा ओमिक्रोनको नयाँ पुस्ता एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको सरुवा रोग विशेष डा.शेरबहादुर पुन बताउछन् ।  डा.पुनका अनुसार यो भेरिएन्ट ओमिक्रोन जस्तै अति सङ्क्रमक भए पनि कम घातक छ ।

उनले भने ,“अहिले भारत लगायतका देशमा देखिएको भाइरस ओमिक्रोनको नयाँ पुस्ता हो । यो भाइरस कस्तो छ भने पुष्टि नभए पनि विश्व स्वास्थ्य सङ्गठनले भाइरस अति सङ्क्रामक भए पनि कम घातक भएको उल्लेख गरेको छ ।”

यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पतालसम्म पुर्‍याए पनि आइसियूमा भर्नाहुने दर निकै न्युन रहेको डा.पुनको भनाइ छ । उनि भन्छन् “भारतमा धेरै जनसङ्ख्या छन् । धेरैले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन त्यसैले पनि धेरै सङ्क्रमित पुष्टि भएको हुनसक्छ ।तर, आइसियूमा भर्ना दर भने निकै न्युन छ ।”

नेपालमा यो भाइरस फैलने सम्भावना कति छ ?

भारतमा कुनै पनि सङ्क्रमण फैलिएपछि ढिलो चाँडो नेपालमा फैलिएको बिगतको अनुभवले देखाएको हुँदा यो भाइरस पनि ढिलो चाँडो पुष्टि हुने हुँदा सचेत रहन डा.पुनको आग्रह छ । उनले भने ,“भारतमा कोरोना सङ्क्रमण फैलिएपछि, नेपालमा पनि ढिलो चाँडो फैलिएको विगतको अनुभव देखाएकोले सबै सचेत रहनुहोला । सरकारले यो भाइरस नेपाल भित्रन नदिन गृहकार्य गरेकै होला ।”

 नयाँ कोरोनाको लक्षण ?

चिकित्सकका अनुसार कोरोना भाइरस श्वाप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो ।  कोरोना भाइरसको सङ्क्रमण हुँदा सामान्य फ्लुका जस्तै लक्षण देखिएको डा.पुकाे भनाइछ । पुनका अनुसार रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, आलश्य हुने, मांशपेशी दुख्ने, जिउ दुख्ने, नाक बन्द हुने, झाडापखाला लाग्ने, ज्वरो आउने, जिउ दुख्ने यो भाइरसका प्रमुख लक्षण हुन् । ,“यो भाइरसका सामान्य लक्षण देखिन्छन् ।तर, लक्षण सामान्य भनेर हेलचक्राइ भने गर्नु हुँदैन् । जोखिम समूहले हेलचेक्राइ गरेमा बिरामीको मृत्यु समेत हुन सक्छ ।हाछ्यु गर्दा, सिङ्गान, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।”

जोखिम समूह

कोरोना भाइरसबाट ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबलिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता भएका मानिस जोखिम रहेको चिकित्सक बताउछन् । यस्ता मानिसहरू कोरोनाको सामान्य लक्षण देखिए पनि अस्पतालसम्म पुर्‍याउने जोखिम बढी हुने हुँदा सचेत रहन डा. पुनको आग्रह छ । उनले जोखिम समूहलाई रोगको जोखिम कम गर्न कोरोना विरुद्धको खोप लगाउन डा.पुनको सुझाव छ ।

धेरै मानिस खोप लगाउने कि नलगाउने भनेर अन्योलमा रहेकोले सरकारले कस्तो अवस्थामा कोरोना विरुद्धको खोप लगाउने भनेर निर्देशिका बनाइदिएमा सहज हुने डा. पुनको भनाइ छ । डा.पुनका अनुसार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालबाट सरकारले कोरोना विरुद्धको खोप दिँदै आएको छ ।

भाइरसबाट बच्न के गर्ने 

कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउन डा.पुनको आग्रह छ । भिडभाडमा नजाने जानै परेमा मास्क लगाउन, बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुन, जथाभावी फोहोर ठाउँमा छोएर नाक मुखमा हात नलैजान उनको आग्रह छ । युवा र सक्रिय सदस्यमार्फत घरका जोखिम सदस्यसम्म भाइरस फैलने हुँदा जोखिम समूहलाई यो रोग लाग्नबाट बचाउन घरमा कसैले रुघाखोकी लगायतका लक्षण देखिएमा छुट्टै बस्न आग्रह गरे  ।

कोरोना भित्रना नदिन के गर्दै छ सरकार 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्र भाल झाले कोरोना भित्रन नदिन सीमा नाका, हवाई नाकामा हेल्थ डेस्क राखिसकेको जानकारी दिदै सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको  तथा आवश्यक परीक्षण सामाग्री सबै प्रदेशमा पठाइसकेको र  भारतमा अहिलेसम्म पछिल्लो सयम २७ सय बढी सक्रिय सङ्क्रमित हुँदा २२ जनाको मृत्यु भइसकेको छ । भारतको सङ्क्रमितको दरलाई हेरेर सरकारले थप गम्भीर बन्नुपर्ने देखिएकाे झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *