राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई तोकेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार एक विज्ञप्ति जारी गरि कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी जेठ ५ गतेदेखि असार १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा गएकाे हुँदा उनको अनुपस्थितिमा मियाँलाई उक्त जिम्मेवारी तोकिएको जानकारी दिएकी छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस बमोजिम मियाँलाई सो जिम्मेवारी तोकेका हुन ।
