तरुण दलको अधिवेशनमा खुकुरी प्रहार, चारजना घाइते

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा  तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार भएको हो।

घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले  भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।

घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ। प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरूमाथि खुकुरी प्रहार भएको हो। दुई समूहबीच झडप हुँदा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ। पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरूबीच विवाद भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *