काठमाडौँ जोड्ने कुलेखानी–हुमाने सडक १९ दिन बन्द हुने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्ने भएकोले साे  सडक खण्डमा १९ दिनका लागि सवारी साधनको आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ । बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत उक्त सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।

इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी– कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्न आगामी जेठ २ गतेदेखि जेठ २० गतेसम्म  उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले जानकारी दिए  ।

सोअवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गरी जानकारि दिएकाे छ ।

उक्त सडक खण्डमा सडक कालोपत्रेसँगै महालक्ष्मी खोलामा पक्की पुलसमेत निर्माणाधीन रहेको छ । साे सडककाे कुल लम्बाइ ६६ किलाेमिटर रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *