‘ख्यालठट्टा’को होली विशेष

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली हास्य टेलिसिरियल ‘ख्यालठट्टा’ले होली विशेष भाग ३८ सार्वजनिक गरेको छ । हरेक महत्वपूर्ण चाडपर्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्दै आएको ‘ख्यालठट्टा’ ले यसपालि होली पर्वलाई केन्द्रमा राखेर हाँस्यप्रधान विशेष एपिसोड दर्शकमाझ ल्याएको छ ।

रियलका लेखक, निर्देशक सुरज खनालका अनुसार होली पर्व केवल रंग र उमंगको मात्रै होइन, यसले समाजमा सकारात्मक ऊर्जा फैलाउने अवसर पनि प्रदान गर्छ । यही भावनालाई आत्मसात गर्दै ‘ख्यालठट्टा’ को यस भागमा हास्यव्यंग्यका साथै समाजमा होली पर्व मनाउने तरिकाबारे मनोरञ्जनात्मक ढंगमा प्रस्तुति दिइएको छ ।

टेलिसिरियलका पात्रहरू होली खेल्ने क्रममा सिर्जना हुने रमाइला क्षणहरू, सामाजिक सन्देश तथा होली पर्वका विविध पाटा समेट्दै रमाइलो बनाइएको छ । सिरियलको विशेषता भनेकै समाजमा गहिराइसम्म जाने विषयवस्तुलाई हाश्यशैलीमा प्रस्तुत गर्नु हो ।

‘ख्यालठट्टामा निर्देशक सुरज खनाल साथै सुमन खनाल (हेल्मेटे) युवराज तिमल्सिना (फापरे) सेभाखर खनाल, सुवी शाही, गुनाखर अधिकारी, चन्दा बिडारी, रेशम बुढाथोकि, दीपा साई, कल्पना खतिवडा, अनिसा खड्का, भुबन के पोख्रेललगायत कलाकारहरूले अभिनय गर्दै आइरहेका छन् ।

ख्यालठट्टा युट्युबमा हरेक आइतबार बेलुका ७ः३० बजे प्रसारण हुँदै आएको छ । विशेषगरी चाडपर्वसँग सम्बन्धित भागले दर्शकमाझ अझ लोकप्रियता कमाउँदै गएका छन् । होली पर्वको अवसरमा हास्यरसको छटासहित तयार पारिएको यो भाग दर्शकले रुचाउनेमा निर्माण टोली आशावादी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *