राजाबादी आन्दाेलनबाट त्रसित माओवादीबाट ‘तराई-मधेस जागरण अभियान’ स्थगित

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि
नेकपा (माओवादी केन्द्र) ले पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ केही समयका लागि स्थगित गरेको छ। शनिबार रौतहटमा जारी कार्यक्रमपछि शीर्ष नेताहरू काठमाडौं फर्कने तयारीमा छन्।

माओवादी नेतृत्वले राष्ट्रिय राजनीतिमा देखिएको नयाँ परिस्थितिलाई बुझ्न र आवश्यक रणनीति बनाउन अभियानलाई केही समयका लागि रोक्ने निर्णय गरेको हो।

पछिल्लो समय राजावादी शक्तिहरूको सक्रियता बढ्दै गएको तथा सरकारका गतिविधिहरूले जनविरोधी प्रवृत्तिलाई प्रश्रय दिइरहेको ठहर पार्टीले गरेको छ।

रौतहटमा बसेको अनौपचारिक बैठकपछि आइतबार पदाधिकारी बैठक बोलाइएको छ। जहाँ पछिल्लो घटनाक्रमको विस्तृत समीक्षा गरिने बताइएको छ।

यो बैठकले आगामी दिनमा आन्दोलनको स्वरूप परिमार्जन गर्ने, संसद् र सडक संघर्षलाई थप प्रभावकारी बनाउने र अभियानलाई नयाँ रणनीतिसहित अघि बढाउने निर्णय गर्ने बताइएको छ।

माओवादी केन्द्रले फागुन १२ गते झापाबाट यो अभियान सुरु गरेको थियो। जसअन्तर्गत विभिन्न जिल्लाहरूमा कार्यक्रम सञ्चालन हुँदै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *