कालीगण्डकीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का ३४ वर्षीय गोकुल गौतम, सोही ठाउँका ३० वर्षीय किस्मत पुन, ३७ वर्षीय दिलबहादुर मगर र वडा नं. ७ का आर्यन शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूको साथबाट प्रहरीले माछा मार्न प्रयोग गरिएको १२ भोल्टको ब्याट्री, सेतो तार बेरिएको आल्मुनियमको स्ट्रिक दुई थान, जालीसहितको कुँडुलो दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए  ।

पक्राउ पर्नेहरूलाई जलचर संरक्षण ऐन, १०१७ अन्तर्गतको कसूरमा कारबाहीका लागि  जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाइएको छ ।

जलचर संरक्षण ऐन अनुसार कुनै समात्ने वा मार्ने अभिप्रायले जानि जानि जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार, विष्फोटक पदार्थ वा विशालु पदार्थको प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था रहेकाले कोही–कसैले माछा मार्ने उदेश्यले खोला नदीमा करेन्ट नलगाउन समेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *