पोखरा विमानस्थलको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दा मुलतबी राख्न अस्वीकार गरेको छ।
महत अदालतमा उपस्थित भएका बखत कानुनबमोजिम उपयुक्त आदेश हुने अवस्था भएको उल्लेख गर्दै अदालतले मुद्दा मुलतबीमा राख्न इन्कार गरेको हो।
मानसिक अस्वस्थताका कारण महत आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको उल्लेख गर्दै उनकी श्रीमती रोशना महतले निवेदन दिएकी थिइन्। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार सो मुद्दा मुलतबीमा राख्न अस्वीकार गरेको हो।
