कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको निजी गाडीमा आगलागी भएको हाे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको छ । “शवकाे पहिचान भने खुलेकाे छैन, घटनाको थप अनुसन्धान सुरु भएकाे छ”, उनले भने ।
गाडी सडकबाट नजिककाे खालि जग्गामा पार्किङ गरिएकाे अवस्थामा थियाे ।
