गृहमन्त्री सुधन गुरुङ्गले आत्मदाहपछि मृत्यु भएका गणेपालीको मोटरसाइकल (बाइक) मा ह्वील लक कसले लगाएको र स्थानीय सरकार कसको छ भन्दै संसदमा उल्टै प्रश्न गरेका छन् । गृहमन्त्री गुरुङ्गले गणेश नेपालीलाई बचाउनका लागि सबै प्रयास गरिएको, आफै फिल्डमा खटिएको बताउँदै उनले आफूहरुले गरेको प्रयासप्रति गरिएको आलोचनाप्रति आपत्ति जनाए ।
गृहमन्त्री गुरुङले स्थानीय सरकारको नेतृत्व पुरानै दलहरुमा रहेको बताउँदै भने, ‘रास्वपासँग वहुमत होला, तर देश तपाईहरुको पनि त होला ? अहिले देशमा तीन तहको सरकार रहेको बताउँदै गृहमन्त्री गुरुङ्गले प्रदेश र स्थानीय सरकार कसको छ ? कसले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लगाएको हो भन्दै उल्टै प्रश्न गरेका छन् । गृहमन्त्री गुरुङ्गले नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई महानगर प्रहरीले ह्वील लक लगाएको समेत जानकारी गराए ।
उनले गणेश नेपालीको उपचारको विषयमा माननीय सांसदहरुले घाँक्री फुट्ने गरी चिच्याएको बताउँदै गृहमन्त्री गुरुङ्गले प्रश्न गरे, ‘हिजो त्यहाँ अस्पतालमा कति जना माननीय हुनुहुन्थ्यो ?’ उनले सदनमा आएर घाँटी चिच्याउने गरी कराएर मात्र नहुने बताएका छन् । गृहमन्त्री गुरुङले मुखले बोलेर मात्र नहुने, मुखले बोलेको ५० औं वर्ष भइसकेको बताउँदै, जनताको सेवा हातले, ठाउँमा गएर गर्नुपर्ने बताएका छन् ।
जवाफ दिने क्रममा गुरूङ भावुक हुदै आसु खसालेका थिए ।
