आज पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा गएराती मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार गए राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपात भएकाे छ ।कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा तथा मधेस, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षा भएकाे छ ।

आज बुधबार र भाेलि  बिहीबार देशभर साधारणतया बादल लाग्नेछ । आज देशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

भाेलि  कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यसैगरी, भाेलि बिहिवार नै कोशी, बागमती, गण्डकी र सुदूरपशिचम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *