११ प्रतिशत कर्जा विस्तारको लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको गभर्नर डा. पौडेलले बताए ।

आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । वि.सं. २०२३ सालदेखि मौद्रिक नीति ल्याउन शुरू गरिएको हो । जसलाई गभर्नरबाटै ल्याउने शुरूआत भने आर्थिक वर्ष २०५९/६० सालदेखि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *