जनकपुरवाट पाेखरा जादै गरेकाे यात्रुवाहक बस हेटाैडामा दुर्घटना, नौ जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै  जनकपुरबाट पोखरातर्फ जादै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको छ । बसमा  ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ८ बस्ने वर्ष ५० को धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *