अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले ३१ जनालाई नियन्त्रणमा लिएको छ। काठमाण्डाै गोकर्णेश्वर नगरपालिका-८ माकलबारी डेरा गरी बस्ने सोही नगरपालिका-६ नारायणटार घर भएका ३२ वर्षीय नवाङ शेर्पालाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १५ एम्पुल, फेनारगन १ सय १४ एम्पुल, डाइजेपाम १ सय १७ एम्पुल र नगद २५ हजार ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।यसैगरी काठमाण्डाै गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३५ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ दक्षिणढोका बस्ने पाँचथर घर भएका १९ वर्षीय अमित राई र काठमाडौं गोकर्ण बस्ने ईलाम घर भएका २९ वर्षीय आयुष रानामगर रहेका छन्। प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका-२३ गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका-३ बस्ने ३५ वर्षीय जितेन्द्र पासवान, भारत सितामणी जानकी स्थान-१८ बस्ने ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको बागमती प्रदेशको बिएडी ९२०१ नम्बरको कार र कारसँगै आइरहेको बा.५२ प ४५६७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई कारलाई तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी ललितपुर महानगरपालिका-६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सोही महानगरपालिका-८ लोल बस्ने मकवानपुर घर भएका ३१ वर्षीय दिपक बलामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिरहा नगरपालिका-७ हेम नारायण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम २ सय मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २२ वर्षीय राजा यादव, सोही नगरपालिका-१२ बस्ने २० वर्षीय पहलाद कुमार यादव र २० वर्षीय सनि मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स.५ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
बाके, कोहलपुर नगरपालिका-११ गोलपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित दैलेख नारायण नगरपालिका-१ पुरानो बजार बस्ने ३३ वर्षीया मन कुमारी खड्का गहतराजलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा गाउँपालिका-५ मेचेगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने २८ वर्षीय कैलाश रसाईली र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय अजय राजवंशी रहेका छन्। इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले मे.७ प ५८४७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी झापाकै मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ बस्ने ३० वर्षीय बिष्णु सिंह राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, दमक नगरपालिका-४ अडियामल टोल बस्ने ४२ वर्षीया रिता तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट र डाइक्लोमाइन ५ सय ६० ट्याब्लेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय मिलन कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित रामधुनी नगरपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ एकताटोल डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१ घर भएकी ३८ वर्षीया सम्पना घिमिरेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
यसैगरी सुनसरीकै, कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने १९ वर्षीय मो.उजिर आलम र रामधुनी नगरपालिका-२ बस्ने २२ वर्षीय मो.जुवेर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कास्की, अन्नपुर्ण गाउँपालिका-११ डाँडागाउँ बस्ने २७ वर्षीय प्रदिप जैसीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
यसैगरी कास्कीकै पोखरा महानगरपालिका-८ नागढुङ्गा मिलनपथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७ एम्पुल, बुप्रेनोर्फिन ७ एम्पुल र फेनारगन ७ एम्पुल सहित स्याङ्जा अर्जुनचौपारी घर भएका ३७ वर्षीय अम्मर केसीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बर्दिया, बाँसगढी नगरपालिका-९ कुनैठी तोरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय संजय थारू, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय रोहित चौधरी र बारबर्दिया नगरपालिका-६ बस्ने ३० वर्षीय राधव चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले संजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी बर्दिया, राजापुर नगरपालिका-७ बडकी भिमापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५९ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राजेश थारू र २२ वर्षीय रोहन थारू रहेका छन्। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनुषा, जनकनन्दिनी गाउँपालिका-६ कठालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६९ ग्राम ७ सय ७० मिलिग्राम सहित कैलाली गौदावरी नगरपालिका-५ बस्ने २५ वर्षीय सागर जैरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले हाल नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। प्रहरीले हाल फरार मोटरसाइकल र मोटरसाइकल चालकको खोजी गरिरहेको छ।
नुवाकोट, विदुर नगरपालिका-७ तुप्चेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ जोगीटार बस्ने ३५ वर्षीय राजेश रिजाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका- ७ रामटोल डेरा गरी बस्ने भारत बिहार घर भएका २१ वर्षीय सन्नी राजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बिआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुर बस्ने २३ वर्षीय सौगात खड्कालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
